arrow

धादिङ समाजसहित २६ संघसंस्था र व्यक्तित्व सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १२ शुक्रबार
dhading samaj pokhara samman.jpg

पोखरा । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले धादिङ-पोखरा सम्पर्क समाजसहित विभिन्न २६ संघसंस्थाहरुलाई सम्मान गरेको छ ।

रेडक्रसले रक्तदान कार्यक्रममार्फत उत्कृष्ट मानवीय सेवा गरेको भन्दै ५८औं रक्तसञ्चार सेवा दिवसको अवसरमा धादिङसमाजसहित विभिन्न संघसंस्थालाई सम्मान गरेको हो ।

धादिङ समाजका अध्यक्ष रामप्रसाद पाण्डे राजुलाई पोखरा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख जिल्ला अधिकारी वासुदेव अधिकारी, रेडक्रस कास्कीका सभापति डण्डराज शर्मा, कार्यक्रम संयोजक एवं उपसभापति धर्मराज अधिकारी लगायतले सम्मान गरेका हुन् ।

साथै सो अवसरमा विभिन्न २६ स्वयंसेवी रक्तदाता व्यक्ति एवं संस्थालाईसमेत सम्मान गरिएको थियो ।

सम्मानित पोखराको एभरेष्ट एफएम, लायन्स क्लव अफ शुक्लागण्डकी तनहुँ, लायन्स क्लव अफ पोखरा अभियान, लायन्स क्लव अफ दुलेगौंडा खैरेनी सिटी, मदरल्याण्ड मावि, गरिमा विकास बैंक, पश्चिमाञ्चल स्वास्थ्य सहकारी, हाम्रो दलित समाज तनहुँ, नेपाल टुरिजम तथा होटल म्यानेजमेन्ट कलेज पोखरा, लक्ष्मी ग्रुप पोखरा, शान्ति द्वि रहेका छन् ।

यस्तै, तीर्थराज अवस्थी, गणेश छवी, उपेन्द्र अधिकारी, हर्षल विजुक्छे, शम्भुलाल श्रेष्ठ, चिन्तामणि बाँस्तोला, सन्तोषकुमार घिमिरे, सन्तोषकुमार मिश्र, भूवनप्रसाद श्रेष्ठ, सावित्री अर्याल, बालिका थापा, उमेश अछामी, सन्तोष पोखरेल, दीपेन्द्र अधिकारी पनि सो अवसरमा सम्मानित भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ