arrow

सामाजिक सञ्जाल अर्बपति सेलिब्रेटीको काटिएको शव फेला

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १३ शनिबार
fernando-perez-killed.jpg

म्युनिख । विगत केही दिनदेखि बेपत्ता सामाजिक सञ्जालका प्रभावशाली तथा अर्बपति क्रिप्टो व्यापारी फर्नान्डो पेरेज अलागाबाको शव फेला परेको छ ।

अलागाबाको शव नाली नजिकै रातो रंगको सुटकेसबाट फेला परेको थियो । अलागाबाको शव धेरै टुक्रामा काटिएको थियो, जसलाई प्रहरीले बरामद गरेको छ। मिडिया रिपोर्टका अनुसार अलागाबा केही दिनअघि आफ्नो देश अर्जेन्टिना आएका थिए र राजधानी ब्यूनस आयर्समा बस्दै आएका थिए ।

अलागाबा जुलाई १९ मा बेपत्ता भएका थिए । बुधबार केही बालबालिका खेल्दै गर्दा नाली नजिकै रातो रङको सुटकेस देखे । बच्चाहरूले खोल्दा शरीरका धेरै अंगहरू थिए। बालबालिकाका अभिभावकले यसबारे प्रहरीलाई खबर गरेका थिए । 

प्रहरीले घटनास्थलमा पुगेर सुटकेस खोलेर अलागाबाको शरीरका अङ्गहरू बरामद गरेको थियो । प्रहरीले सुटकेसमा अलागाबाको खुट्टा र हात फेला पारेको थियो। र एक छेउँ नालीबाट बरामद भएको थियो।

मिडिया रिपोर्टका अनुसार सामाजिक सञ्जाल सेलिब्रेटी अलागाबालाई उनको शव टुक्रा टुक्रा पार्नुअघि गोली हानी हत्या गरिएको थियो । औँठाको छाप र शरीरमा ट्याटुको सहायताले अलागाबाको शव पहिचान गरेको प्रहरीले जनाएको छ । 

मिडिया रिपोर्टका अनुसार फर्नान्डो पेरेज अलागाबा स्पेनको बार्सिलोना शहरमा बस्थे । अलागाबाले लक्जरी गाडी भाडामा दिएर र क्रिप्टोकरेन्सी बेचेर धेरै पैसा कमाए ।

अलागाबाले सामाजिक सञ्जालमा आफ्नो विलासी जीवनको झलक पनि देखाउने गर्थे, जहाँ उनलाई फलो गर्नेको संख्या १० लाखभन्दा बढी थियो। अलागाबा एक साताअघि मात्रै ब्यूनस आयर्स आएका थिए ।

अलागाबा ब्यूनस आयर्समा एउटा फ्ल्याट भाडामा लिएका थिए र जुलाई १९ मा फ्ल्याट छोड्ने भनिएको थियो, तर त्यही दिन अलागाबा बेपत्ता भए । यसपछि फ्ल्याटका मालिकले प्रहरीमा हराएको उजुरी दिएका थिए । 

यस सम्बन्धमा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । ऋणका कारण अलागाबाको हत्या भएको अनुमान गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ