arrow

व्यापक विरोध प्रदर्शन, सुरक्षाकर्मीलाई हम्मे

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १३ शनिबार
bangladesh-agitation-2023-07-29.jpg

ढाका । बङ्गलादेशको राजधानी ढाकामा विशाल विरोध प्रदर्शन भएको छ । परिस्थितिलाई नियन्त्रणमा लिन र शान्तिसुव्यवस्था कायम गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको छ । 

राजधानीका मुख्य सडकमा उत्रेका प्रदर्शनकारीले धानमन्त्रीको राजीनामा माग्दै यातायात सेवा ठप्प पारेका छन्भने प्रहरीमाथि  ढुङ्गामुढा गरेका छन् । प्रहरीले आफूहरूमाथि ढुङ्गामुढा भएपछि भीडलाई तितरबितर गर्न रबरको गोली र अश्रुग्यास प्रहार गरेको छ ।

विपक्षी बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) र उसका सहयोगीहरूले गत वर्षदेखि शेख हसिनाको राजीनामा र आगामी जनवरीमा हुने निर्वाचनसम्म कामचलाउ सरकार गठन हुनुपर्ने माग गर्दै शृङ्खलाबद्ध विरोध प्रदर्शन गरेका छन् ।

शहरका प्रमुख नाकाहरूमा सवारी आवागमन अवरुद्ध गर्न बिहान भेला भएका हजारौँलाई हटाउन प्रहरी लागेपछि धेरै स्थानहरूमा दोहोरो झडप भएका छन् । 

केही प्रहरी अधिकारी घाइते भएका ढाका महानगरीय प्रहरीका प्रवक्ता फारुक अहमदले एएफपीलाई बताएका छन् । उनले स्थितिलाई नियन्त्रणमा लिने अश्रुग्यास र रबरका गोली प्रहार गरिएको बताएका छन् । 

ढाका शहर वरपरका चार स्थानमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ