arrow

सवारी दुर्घटनामा छ जनाको मृत्यु, एक्काइस घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १३ शनिबार
accident-final-1618290232.jpg

बुलढाना । शनिबार बिहान भारतस्थित महाराष्ट्रको बुलढाना जिल्लाको राष्ट्रिय राजमार्गमा भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । 

राष्ट्रिय राजमार्गमा आरामदायी वर्गका दुई वटा बस एकआपसमा ठोक्किँदा उक्त हताहति भएको जिल्ला प्रहरी कार्यालयका अधिकृत एचपी तुम्मोडले बताए । अधिकृत तुम्मोडका अनुसार दुर्घटनामा पाँच जनाको घटनास्थलमै  र एक यात्रुको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । अन्य घाइते यात्रुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

बुलढाना जिल्लाको मलकापुर नगरस्थित रहेको रेलवे पुलमा अमरनाथ यात्राबाट हिङ्गोलीतर्फ गइरहेको बस र  नागपुरबाट नासिकतर्फ गइरहेको अर्को बस एक आपसमा ठोक्किएका थिए । दुर्घटनाको अनुसन्धान भइरहेको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ