arrow

केन्द्रीय समिति बैठकअघि गृहकार्यमा प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १४ आइतबार
prachandas-ss.PNG

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक अघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह कार्यमा लागेका छन् ।  शनिबार माओवादी केन्द्रको पदाधिकारीबीच आसन्न केन्द्रीय समिति बैठकका बारेमा छलफल गरेका छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकमा सङ्गठनात्मक र राजनीतिक प्रतिवेदनको तयारीका सम्बन्धमा छलफल भएको सचिव चक्रपाणि खनालले जानकारी दिए ।

बैठकले केन्द्रीय समितिको बैठकलाई कसरी लैजाने, पदाधिकारीको सुझाव के छ, भन्नेबारेमा छलफल भएको छ । 

केन्द्रीय समितिको बैठक अगावै स्थायी समिति बोलाउने र स्थायी समिति बैठकबाट केन्द्रीय समितिको बैठकलाई व्यवस्थित र पूर्ण रूपमा कसरी लैजाने प्रचण्डले ‘ब्रिफिङ’ गरेका छन्  ।

माओवादीको केन्द्रीय समिति बैठक यही साउन १७ गतेदेखि राजधानीमा सुरु हुँदैछ । बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, प्रदेश र आयोगका पदाधिकारी गरी करिब सात सयको सङ्ख्यामा सहभागिता रहने माओवादीले जनाएको छ । बैठक आज पनि बस्ने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ