arrow

राष्ट्रपतिका छोरा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १४ आइतबार
necolas,petro.JPG

काठमाडौं ।  कोलम्बियाका राष्ट्रपतिका छोरा निकोलस पेट्रोलाई अबैधरूपमा सम्पत्ति आर्जन गरेको आरोपमा पक्राउ गरिएको छ । 

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले आफ्ना छोरा निकोलसलाई अफ्नो चुनावी अभियानसँग जोडिएको एक घोटालामा अवैध सम्पत्ति आर्जनगरेको आरोपमा पक्राउ गरिएको शनिबार बताएका हुन् । 

कोलम्बियाका पहिलो बामपन्थी राष्ट्रपतिले ट्वीटरमा लेखेका छन्, “प्रहरीले उनका छोरा निकोलस र निकोलसकी पूर्वपत्नी डेयुरिस भास्केजलाई पक्राउ गरेको छ ।”

निकोलस पेट्रोले सन् २०२२ मा आफ्ना पिताको सफल राष्ट्रपतीय अभियानका लागि लागुऔषध तस्कर र अन्य तस्करहरूबाट ठूलो रकम लिएको र त्यसको प्रयोग उत्तरी शहर ब्यारान्क्विलामा विलासितामा बस्नका लागि प्रयोग गरेको आरोप गत मार्चमा भास्केजले लगाएका थिए । 

पेट्रोले लेखेका छन्, “म मेरो छोरालाई भाग्य र शक्तिको कामना गर्दछु । यी घटनाहरूले उनको चरित्र निर्माण गरोस् र तिनले आफ्ना गल्तीहरू प्रतिबिम्बित गरून् ।”

“एक व्यक्ति र बुबाको रूपमा यति धेरै आत्म-विनाश देख्दा पीडा हुन्छ,” उनले थपे । 

अभियोजकहरूले राष्ट्रपतिका छोरा पेट्रोलाई अवैध रूपमा सम्पत्ति आर्जन गरेको र यसको अवैध संवर्धनको आरोपमा पक्राउ गरिएको पुष्टि गरेका छन् । भास्केजलाई पनि त्यो पहिलो अपराधको आरोप लगाइएको थियो । 

यो प्रकरण सार्वजनिक भएदेखि राष्ट्रपति पेट्रोले देशका शक्तिशाली कोकिन मालिकहरूबाट पैसा प्राप्त गरेको आरोपहरूको खण्डन गर्दै आएका थिए । उनी आफैले आफ्नो छोरामाथि छानबिन गर्न आग्रह गरेका थिए । 

निकोलस पेट्रो उत्तरी एटलान्टिक विभागमा आफ्नो पिताको पार्टीको लागि सांसद थिए । समाचार रिपोर्टहरूमा निकोलसको बैंक रेकर्डहरूबाट उनीसँग सांसदका रूपमा आर्जन हुने सम्पत्तीको तुलनामा धेरै पैसा देखिएको पाइएको उल्लेख गरिएको छ । ती समाचारहलाई पुष्टि गर्न छानविन नै अन्तिम विकल्प रहने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ