arrow

सय किलो सुन प्रकरणमा थप एक पक्राउ, राजधानीमा छापा, सुन गाल्ने फ्याक्ट्री सिल

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १४ आइतबार
100kg-gold-2080-04-04.jpg

काठमाडौँ । यसै महिनाको शुरुमा फेला परेको एक सय किलो सुन तस्करी प्रकरणमा राजश्व अनुसन्धान विभागले ठमेलस्थित होटल भियनामा छापा मारेर एक जनालाई पक्राउ गरेको छ । 

शनिबार रातिदेखि आइतबार बिहानसम्म विभागको टोलीले राजधानीका विभिन्न स्थानमा छापा मारेको हो । विभागको टोलीले होटल भियनामा र टोखास्थित एक घरमा पनि छापा मारेको हो । 

विभागको टोलीले शनिबार राति टोखास्थित एक फ्याक्ट्रीमा छापा मारेको थियो । विभाग स्रोतका अनुसार प्रि–फ्याबको घरभित्र सुन गाल्ने र रि–फ्रेम गरेर अर्कै स्वरुपमा परिणत गर्ने फ्याक्ट्री भेटिएपछि छापा मारेर सिल गरेको छ । 

विभागको टोलीले शनिबार राति र आइतबार बिहानैदेखि छापा मारेर अवैध रुपमा सुन आयात सम्बन्धी केही कागजात र सामग्रीहरु बरामद गरेको छ । 

विभागको टोलीले होटलबाट एक जना नेपाली मुलका तर बेल्जियमका नागरिकलाई पक्राउ गरेको छ । हङकङबाट सुन ल्याएर नेपालमा व्यवस्थापन गर्ने गिरोहसँग जोडिएको पाइएपछि विभागले होटल भियनामा छापा मारेको हो । 

राजश्व अनुसन्धान विभागको टोलीले साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको सय किलो सुन सिनामंगलबाट बरामद गरेको थियो ।  

मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर अवैध भित्रिएको सुन विमानस्थल भन्सारबाट जाँचपाससमेत भएसकेको अवस्थामा विभागको टोलीले नियन्त्रणमा लिएको थियो । 

विभागले सुन ल्याउने रेडी ट्रेड प्रालीका सञ्चालक दिलिप भुजेल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका एजेन्ट र कर्मचारीसहित १८ जना पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ । 

उनीहरुकै बयानको आधारमा शनिवार र आइतबार राजधानीको विभिन्न क्षेत्रमा राजश्वको टोली पुगेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ