arrow

विमानस्थलबाट सुन जस्तो देखिने धातुसहित एक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १५ सोमबार
Arrest-Crime.jpg

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरबाट करिब ८१ ग्राम तौलको सुनजस्तो देखिने धातुको ब्रासलेट १ थानसहित बैतडी पाटन नगरपालिका ६ घर भएका ३४ वर्षीय दिपक भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । 

कतार एयरवेयजको उडानद्वारा काठमाडौँ आएका भण्डारीलाई जाँच गर्ने क्रममा उक्त धातुको ब्रासलेट अवैध रूपमा लुकाई छिपाई ल्याएको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ