arrow

नयाँ प्रधानन्यायाधीशको सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १६ मंगलबार
sambaidhanik-parisad-2080-01-06.jpg

काठमाडौं ।  आज संवैधानिक परिषद्को बैठक बस्दै छ । बैठक आज अपराह्न ४ बजे सिंहदरबारमा बस्नेछ । 

बैठकमा नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गरिने बताइएको छ ।

 प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गतेबाट अनिवार्य अवकाशमा जाने भएका कारण नयाँ प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियाका लागि नाम सिफारिस गरिन लागिएको हो । 

प्रधानन्यायाधीश कार्की अनिवार्य अवकाशमा जानु भन्दा एक महिना अगावै नयाँ प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्नुपर्नेमा अहिलेसम्म परिषद्को बैठक बस्न सकेको थिएन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ