arrow

संसद खुलाउन प्रचण्ड र ओलीलाई फोन गरेपछि सभामुखले बोलाए कार्यव्यवस्थाको बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १६ मंगलबार
devraj-ghimire-speaker-2080-02-08.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सभामुख देवराज घिमिरे सदनको अवरोध हटाउन सक्रिय बनेका छन् । मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन संवाद गरेर उनले सदनको अवरोध अन्त्य गर्न आग्रह गरेका छन् । 

सदनको अवरोधले जनताको आवाज अवरुद्ध हुने भन्दै सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीलाई सदनको गतिरोध अन्त्य गर्न आग्रह गरेका हुन् । 

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसँगको टेलिफोन संवादपछि सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । 

उनले बानेश्वरमा मध्यान्ह १२ बजे बस्ने गरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । 

यसअघि सोमबार पनि संसद्को अवरोध अन्त्य गर्ने विषयमा  सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्ड, प्रतिपक्षी दलका नेता ओली, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ