arrow

संवैधानिक परिषद् बैठकः नयाँ प्रधानन्यायाधीश सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १६ मंगलबार
sambaidhanik-parisad-baithak-2080-04-16.jpg

काठमाडौँ । संवैधानिक परिषद्को बैठक जारी रहेको छ । बैठकमा नयाँ प्रधानन्यायाधीश सिफारिस सम्बन्धमा छलफल भइरहेको छ । 

प्रधानन्यायाधीश हरिकृष्ण कार्की २० साउनबाट अनिवार्य अवकाशमा जाने भएका कारण नयाँ प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियाका लागि बैठकले नाम सिफारिस गर्न लागेको हो । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिपक्ष दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी भएका छन् । 

खासमा भएका प्रधानन्यायाधीश अवकाशमा जानुभन्दा एक महिना अगाडि नै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

तर त्यो व्यवस्था लत्याउँदै समय निकै घर्केपछि संवैधानिक परिषद्को बैठक डाकिएको हो । 

प्रधानन्यायाधीश अवकाशमा जानुभन्दा एक महिना अगाडि नै घरबिदा लिएर बस्ने चलन छ । तर हालका प्रधानन्यायाधीश कार्की गत महिनामात्रै प्रधानन्यायाधीश नियुक्त भएका थिए । 

उनले प्रधानन्यायाधीशमा नियुक्त हुनुअघि नै अवकाशको पत्र पाएका थिए । अदालतमा न्यायाधीशहरुकोसमेत नियुक्ति नहुँदा फैसलामा ढिलाइ भएको छ । 

संवैधानिक परिषद्को आजको बैठकले नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नेछ । कुनै फेरबदल नभए बैठकले वरीयताक्रममा अगाडि रहेका विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ