arrow

प्राइम बैंकको कामू सीईओमा सञ्जीव मानन्धर 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १७ बुधबार
prime-commercial-bank-sanjiv-manandhar-dceo.jpg

काठमाडौँ । सञ्जीव मानन्धर प्राइम कमर्सियल बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा  नियुक्त भएका छन् ।

बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले मानन्धरलाई कामू सीईओ नियुक्त गरेको हो ।

बैंकका सीईओ नारायणदास मानन्धरको कार्यकाल मंगलबारदेखि सकिएपछि मानन्धरलाई बुधबारदेखि कामू सीईओ नियुक्त गरिएको हो ।

उनलाई अर्को व्यवस्था नभएसम्मका लागि कामू सीईओको जिम्मेवारी दिएको बैंकले जनाएको छ ।

कामू सीईओको जिम्मेवारी पाउनुअघि मानन्धर बैंकका महाप्रबन्धक थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ