arrow

खाए मुख्यमन्त्री थापाले शपथ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १७ बुधबार
uddav-thapa-chief-minister-oath-2080-04-17.jpg

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज एक समारोहका बीच पद तथा गोपनीयताको शपथ लिएका छन् । 
    
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्री थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका छन् । 

नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम नवनियुक्त मन्त्रीत्रय आर्थिक मामिला तथा योजनामन्त्री बाबुराम गौतम, खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री प्रदीपकुमार सुनुवार र भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जवेगूलाई कार्यविभाजनसहित प्रदेश प्रमुख खापुङले सोही समारोहमा पद तथा गोपनीयताको शपथ गराए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ