arrow

कम्बोडियामा तेस्रो चक्रपथ

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १९ शुक्रबार
combodia-bri.JPG

काठमाडौं ।  कम्बोडियाको नोमपेन्हमा बिहीबार तेस्रो चक्रपथको उद्घाटन भएको छ । चीनको एक्सपोर्ट-इम्पोर्ट बैङ्कको सहुलियत ऋणमा निर्माण गरिएको चक्रपथ राजधानी नोमपेन्हको केही भागलाई घेरेर बनाइएको हो । 

कम्बोडियाका प्रधानमन्त्री सम्देच टेको हुन सेन र कम्बोडियाका लागि चिनियाँ राजदुत वाङ वेन्टियनले कान्डल प्रान्तको केन स्वे जिल्लामा चक्रपथको उद्घाटन गरेका थिए । सांघाई कन्स्ट्रक्सन ग्रुपले ५२ महिनाको अवधिमा दुई वटा नदी पुल र दुई वटा फ्लाईओभरसहित ५३ किलोमिटर सडक निर्माण गरेको हो ।

प्रत्येक दिशामा ट्राफिकका लागि दुई लेनको साथ तेस्रो चक्रपथ दक्षिण पश्चिम नोम पेन्हको विन-विन बुलेभार्ड राउण्ड अबाउटबाट राजधानीको पूर्वमा कान्डल प्रान्तको राष्ट्रिय सडकसम्म फैलिएको छ । 

हुन सेनले यो सडक बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को रूपरेखा अन्तर्गत कम्बोडिया र चीन र साझा भविष्यका समुदायबीचको फलदायी सहयोगको अर्को प्रमाण भएको बताएका छन् । 

कम्बोडियाको ठूला भौतिक संरचनाको विकास निर्माणमा चीनले ठूलो धनराशि खर्च गरिरहेको छ । हालैका वर्षहरूमा चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) ले गति लिइरहेको छ र दक्षिण पूर्वी एसियाली क्षेत्रका केही आसियान देशहरूले यसमा सहभागी हुन चासो देखाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ