arrow

कर्मचारी संगठन पोखरा महानगरमा आचार्य

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २० शनिबार
Pokhara mahanagar karmachari sangathan.jpg

पोखरा । स्थानीय तह कर्मचारी संगठन पोखरा महानगरपालिका कमिटी गठन भएको छ । 

पोखरा महानगरपालिकामा क्रियाशील स्थानीय तह कर्मचारी संघ नेपाल, नेपाल निजामती कर्मचारी संगठन र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल अन्तर्गत गठित संगठनको अध्यक्षमा हरिलाल आचार्य निर्वाचित भएका छन् । 

संगठनमा आवद्ध कर्मचारीहरुको भेला र अधिवेशनले आचार्यलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा दमयन्ती पराजुली, सचिवमा अनिल आचार्य सहसचिवमा अर्जुन बहादुर क्षेत्री र कोषाध्यक्षमा बेलकुमारी गुरुङ चयन भए । 

कार्यसमिति सदस्यहरुमा गोबिन्द प्रसाद देवकोटा, सविना श्रेष्ठ, रविन्द्र गोदार, राजेन्द्र पौडेल, दिपक कोइराला र गौरा रिमाल छन् । 

भेलाले नारायण प्रसाद शर्मा संयोजक, महेन्द्र गोदार र मञ्जु ढुंगाना सदस्य रहेको सल्लाहकार समिति गठन गरेको छ ।

भेलामा नेकपा एमाले स्थायी कमिटी सदस्य थममाया थापाले सार्वजनिक सेवा प्रवाहलाई केन्द्रमा राखेर पेशागत हकहित र वृत्तिविकासमा संगठित भएर अघि बढ्न आग्रह गरे ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य एवं पोखरा महानगरपालिका इन्चार्ज कृष्ण थापा, केन्द्रीय सदस्य एवं पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ्ग, केन्द्रीय सदस्य राजीव पहारी, पेशागत महासंघ नेपालका केन्द्रीय अध्यक्ष पुण्यप्रसाद ढकाल, स्थानीय तह कर्मचारी संघ नेपालका केन्द्रीय अध्यक्ष हरिकुमार श्रेष्ठ, पेशागत महासंघ नेपालका सचिव एवं गण्डकी प्रदेश इन्चार्ज रामप्रसाद खनाल, पोखरा महानगरपालिका नगर कार्यपालिकाका नेकपा एमालेका नेता राधिका शाही योगी, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य भरत भुषाल, गण्डकी प्रदेश अध्यक्ष अशोक खनाल, स्थानीय तह कर्मचारी संघ नेपालका सचिव छवि शर्मा, गण्डकी अध्यक्ष महेन्द्र गोदार, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका केन्द्रीय सदस्य हरिलाल आचार्य र ध्रुब भट्टराई लगायतले बोलेका थिए । 

संगठनका अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा शिव बरालले स्वागत र संचालन नवराज अधिकारीले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ