arrow

श्रीलंकाले सन् २०५० भित्र जलवायु लक्ष्य पूरा गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २१ आइतबार
srilanka-flag.jpg

काठमाडौं ।  श्रीलंकाले जलवायु लक्ष्यलाई आगामी ३० बर्षमा पूरा गर्नेगरी समयसीमा तोकेको छ ।

जलवायु लक्ष्य वा जलवायु प्रतिज्ञा भनेको जलवायु परिवर्तनलाई सीमित गर्ने उद्देश्यका साथ जलवायु नीति र ऊर्जा नीतिका लागि मापनयोग्य दीर्घकालीन प्रतिबद्धता हो । 

श्रीलंकाले यसअघि जलबायु लक्ष्यका पूरा गर्न सन् २०६० सम्म लाग्ने बताउँदै आएको भएपनि यसलाई संशोधन गर्दै सन् २०५० सम्मका लागि जलवायु लक्ष्यका लागि समयसीमा तोकेको हो ।

राष्ट्रपतिको मिडिया महाशाखा (पीएमडी) ले शनिबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिले राष्ट्रपति रनिल विक्रमासिङ्घेले सन् २०५० भन्दा अघि जलवायु लक्ष्य हासिल गर्न सम्भव छ भन्ने बताएका छन् ।
 
उनले श्रीलंकाका प्राविधिकहरूलाई जलवायु परिवर्तनको मापदण्डलाई विचार गरी आफ्नो काममा लाग्न आग्रह गरेका हुन् । 

उनले भने,  “आगामी दिनमा श्रीलंकाका प्राविधिकहरूले यस प्रयासमा महत्वपूर्ण भूमिका खेल्नेछन् । उनीहरूले निर्मित वातावरण दिगो र पर्यावरणीय रूपमा जिम्मेवार अभ्यासहरूसँग मेल खानेगर िजलवायु परिवर्तनको मापदण्डलाई आफ्नो डिजाइनमा एकीकृत गर्न आवश्यक छ।” 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ