arrow

३८ वर्षदेखि निरन्तर शासनमा रहेका हुन सेन फेरि प्रधानमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २१ आइतबार
hun-sen.JPG

काठमाडौं ।  प्रधानमन्त्री सम्देच टेको हुन सेनको नेतृत्वमा रहेको सत्तारुढ कम्बोडियाली पिपुल्स पार्टी (सीपीपी) ले भर्खरै सम्पन्न भएको भएको आम निर्वाचनमा अत्याधिक बहुमतले विजयी भएको छ । 

निर्वाचनको यो नतिजासँगै प्रधानमन्त्री सम्देच टेको हुन सेनको सत्ता आगामी ५ वर्षको लागि निरन्तर हुनेछ । निर्वाचन भएको १२५ संसदीय सिटमध्ये प्रधानमन्त्रीको पार्टी सीपीपीले १२० सिटमा जीत हाँसिल गरेको छ भने बाँकी ५ सिट फनसिनपेक पार्टीले  जितेको राष्ट्रिय निर्वाचन समिति (एनईसी) बताएको छ ।

प्रधानमन्त्री सम्देच टेको हुन सेन सन् १९८५ देखि निरन्तर सत्तामा छन् । सातौं आमनिर्वाचनमा १८ राजनीतिक दलले प्रतिष्पर्धा गरेका थिए । सत्तारुढ पार्टी सिपिपिले निर्वाचनमा खसेको कुलमतको ८२.३ प्रतिशत मत प्राप्त गरेको बताइएको छ । ३८ वर्षभन्दा बढी समयसम्म कम्बोडियाको प्रधानमन्त्रीको रूपमा रहेका सेन ७० वर्ष पुगिसकेका छन् । 

प्रधानमन्त्री सेनले यही अगस्ट २२ मा प्रधानमन्त्रीको शपथग्रहण गर्नेछन् । अर्को वर्ष फेब्रुअरी २५ मा हुने सिनेटको निर्वाचनपछि सिनेटको अध्यक्षको पद पनि लिनेछन् । कम्बोडियामा भएको निर्वाचनलाई विश्वले मिश्रित प्रतिक्रिया दिएको छ । चीनले निर्वाचनलाई स्वागत गरेको छ भने अमेरिकाले टिप्पणी गरेको छैन । पश्चिमा राष्ट्रहरुले अधिनायकवादी शासन बिस्तार भनेर टिप्पणी गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ