arrow

गम्भीर मानवअधिकार उल्लङ्घनका घटनामा आममाफी हुँदैन : नेता लेखक

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २२ सोमबार
ramesh-lekhak-2080-04-09.jpg

काठमाडौं ।  नेपाली कांग्रेसका नेता रमेश लेखकले मानवअधिकार उल्लङ्घनका घटनामा संलग्नलाई आममाफी दिन नसकिने बताएका छन् ।

मावनअधिकार शान्ति समाजले आज यहाँ आयोजना गरेको संसद्मा प्रस्तुत विधेयकका सम्बन्धमा गरिएको छलफलमा कांग्रेस प्रतिनिधिसभाका प्रमुख सचेतकसमेत रहेका नेता लेखकले गम्भीर प्रकृतिका मानवअधिकार हननको घटनामा सङ्लग्नलाई आममाफी दिन नसकिने बताए । 

“गम्भीर प्रकृतिको मानवअधिकार हननको घटनामा सङ्लग्नलाई आममाफी दिनेगरी सरकारले संसद्मा पेश गरेको विधेयक परिमार्जन गर्न कांग्रेस तयार छ”, उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ