arrow

बढ्दै डेंगी : नौ जनाको मृत्यु, कोशीका १२ जिल्ला प्रभावित

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २३ मंगलबार
dangue.jpg

काठमाडौं ।  लामखुट्टेबाट सर्ने डेंगी रोगबाट नौ जनाको मृत्यु भएको छ । । एक महिनाको अन्तरालमा डेंगीबाट नौ जनाको मृत्यु भएको हो । हालसम्म कोशी प्रदेशका १४ मध्ये १२ जिल्ला प्रभावित भएका छन् । 

सोलुखुम्बु र ओखलढुङ्गा जिल्लामा भने हालसम्म रोग देखा नपरेको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले जानकारी दिएको छ । 

सबै मृतक सुनसरी जिल्लाका रहेको कार्यालयका जनस्वास्थ्य अधिकृत विवेचना गौतमले जानकारी दिए ।
 
चालु आर्थिक वर्ष २०८०-८१ को साउन महिनाको २१ दिनमा मात्र ती जिल्लामा सात हजार एक सय तीन जनालाई डेंगी लागेको छ । 

सबैभन्दा धेरै तराईका जिल्लाहरू प्रभावित भएका छन् जसमा सुनसरी र मोरङ जिल्ला प्रभावित रहेका छन् । सुनसरीमा हालसम्म नौ जनाको मृत्युसहित चार हजार सात सय ४१ जना डेंगी संक्रमित भएका छन् ।

त्यस्तै मोरङमा एक हजार एक सय ७१ जना संक्रमित भएका छन् । दुई जनाको मृत्यु भएको भनिए पनि आधिकारिक पुष्टि हुन बाँकी रहेको अधिकृत गौतमले जानकारी दिए ।

दुई जिल्लापछि झापामा पाँच सय २८ जना संक्रमित रहेका छन् । तराईसँग जोडिएका जिल्लाहरूमा उदयपुर र धनकुटा सबैभन्दा बढी प्रभावित रहेका छन् । उदयपुरमा एक सय ८३ र धनकुटामा एक सय ३७ जनालाई डेंगी लागेको छ । 

त्यसपछि भोजपुरमा ९०, सङ्खुवासभा ८९, तेह्रथुममा ६७, इलाम ३५, पाँचथर १६, ताप्लेजुङ १२ र खोटाङमा चार जना डेंगी संक्रमित रहेको कार्यालयले जानकारी दिएको छ ।

बढ्दो संक्रमणलाई ध्यानमा राखेर कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटालाई रोगसँग लड्न तयारी अवस्थामा रहन निर्देशन जारी गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ