- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नागढुंगा-नौबिसे सुरुङ मार्गको आकस्मिक कामको लागि प्रयोग हुने ‘रेस्क्यू टनेलको ‘ब्रेक थ्रु’ भएको छ ।
सोमबार ‘ब्रेक थ्रु’ गरिएको सुरुङको दूरी २.५५७ किमी छ । काठमाडौं र धादिङ दुवैतर्फ सुरुङ खन्ने काम सकिएको छ । सोमवार चार वर्ष अगाडि शिलान्यास भई निर्माण थालिएको रेस्क्यु टनेलको सुरुङमार्ग निर्माणको काम पूरा भएको हो ।
सुरुङ मार्ग निर्माणको क्रममा एक मिटर रेस्क्यु टनेललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको उपस्थितिमा ‘ब्रेक थ्रु’ गरिएको थियो।