- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । सोमबार रातिदेखि परेको अविरल वर्षाले देशका अधिकांश स्थानमा डुबान भएको छ । काठमाडौँ उपत्यकाका नदी करिडोर क्षेत्र डुबानमा परेको छ ।
काठमाडौँको धोबीखोला करिडोरका घरहरु डुबानमा परेका छन् । नदीमा पानी बहाव सतह घट्दै गएपछि अहिले बाटो हिलोमग्न भएको छ । जसका कारण आउजाउमा समस्या परेको छ ।
घरभित्र पसेको पानी निकाल्न थालिएको छ भने केही स्थानमा अहिले पनि डुवाइरहेको छ ।