arrow

विषालु च्याउ खाँदा १२ जना बिरामी

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २४ बुधबार
musroom.jpg.jpeg

डोटी ।  डोटीमा विषालु च्याउ खाँदा १२ जना बिरामी परेका छन् । आदर्श गाउँपालिका-२ कारङेमा मङ्गलबार विषालु च्याउ खाएर उनीहरु बिरामी भएका हुन् । 

दिपायल-मेललेख सडकमा काम गर्ने मजदुर च्याउ खाएपछि बिरामी भएका इलाका प्रहरी कार्यालय आदर्शका प्रहरी वरिष्ठ नायव निरीक्षक केशव जोशीले जानकारी दिए । 

बिरामी पर्नेमा सुर्खेतको पञ्चपुरी नगरपालिकाका-९ का दिलबहादुर राजी, वीरबहादुर थापा, पूर्णबहादुर थापा, रामबाहदुर थापा, धनबहादुर थापा, पदम सलामी, लालबहादुर आलेमगर, भीमबहादुर आलेमगर, लक्ष्मीराम पुलामीमगर, विशाल मगर, कञ्चनपुरको भीमदत्त नगरपालिका-६ का चक्र मल्ल र कैलालीको धनगढी उपमहानगरपालिका-१६ का हर्क रम्जाली रहेका छन् । 

बिरामी भएका सबैको आदर्श गाउँपालिाकामा रहेको मौवा स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी वरिष्ठ नायव निरीक्षक जोशीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ