arrow

सुन तस्करीमा समिति बनाउन माओवादी नेताहरू तयार छैनन् (भिडियो)

आफैँ राज्य संयन्त्रको दुरुपयोग गरेर आफैँ अनुसन्धान गर्छु भन्दा कसले पत्याउँछ

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २५ बिहिबार
sun-taskari-sunil-sharma.JPG

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माओवादी नेताहरू तयार नभएको बताएका छन् । उनले सुन तस्करी प्रकरणमा सम्बन्धित मन्त्रीहरुले राजीनामा गरी अनुसन्धानको बाटो सहज गर्नुपर्ने समेत बताए

बुधवार प्रतिनिधि सभा बैठकपछि उनले संसद अवरोधको बाटोमा लैजाने जिम्मा सरकारले लिनुपर्ने बताए । उनले उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न दिने कुरामा कसैको हानी नहुने बताए ।

 उनले राजश्व अनुसन्धान र सीआईबीले मात्रै अनुसन्धानको निष्कर्ष निकाल्न नसक्ने बताए । सरकारी संयन्त्रको दुरुपयोग गरी सुन तस्करी भएकाले सरकारी संयन्त्रबाट नै अनुसन्धान निष्पक्ष हुन्छ भन्न नसकिने बताए । 

उनले भने,' सरकारकै संयन्त्रबाट सुन बाहिरियो अनि म आफैँ अनुसन्धान गर्छु भनेर कसैले पत्याउँदैन नि । यो राज्यको संयन्त्रको दुरुपयोग गरेर सुन तस्करी भएको हो, त्यसैले सीआईबी, राजश्व अनुसन्धानलाई पनि हेर्ने अर्को संयन्त्र आवश्यक छ ।’
 



नयाँ