- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाल भरीको ट्याक्सी भाडा दर एउटै हुनुपर्ने, सम्पूर्ण गाडीको भन्सार २६० प्रतिशत छुट हुनुपर्ने, नेपाली भूमिमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्नुपर्ने लगायतका माग राखेर ट्याक्सी व्यवसायीहरु आन्दोलित भएका छन् ।
उनीहरुले दुर्घटनामा परी मृत्यु भएमा २५ लाख राहत दिनुपर्ने, ट्याक्सी मिटर सिल चुडिँदा गाडी साहु र चालक जेल जानु पर्ने कानून खारेज गर्नुपर्ने लगायतका मागसमेत राखेका छन् ।
यातायात व्यवसायी तथा चालकहरू स्वतन्त्र संघर्ष समिति गठन गरी नयाँ बानेश्वर यातायात व्यवस्था विभाग अगाडि ५० बढी ट्याक्सी तेर्साएर विरोध जनाएका हुन् ।
उनीहरुले उपत्यकामा ट्याक्सी स्ट्याण्ड व्यवस्थापन गर्नु पर्ने, साँचो खोस्ने र चालकलाई दुर्व्यवहार गर्ने काम बन्द गर्नुपर्ने, नेपाली अंक पहिचानसहितको नेपाली संवत् जीपीएस नम्बर कायम गर्नुपर्ने लगायतमा मागसमेत राखेका छन् ।