पक्राउ गरेर सांसद शर्मालाई लगेपछि मात्र दिइयो सभामुखलाई जानकारी
हाम्रा कुरा
प्रकाशित २०८० साउन २५ बिहिबार
2.2k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनील शर्मालाई पक्राउ गरेको जानकारी प्रहरीले सभामुख देवराज घिमिरेलाई दिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की प्रमुख एआईजी किरण बज्राचार्यले सांसद शर्मा पक्राउ परेको जानकारी सहितको पत्र सभामुख घिमिरेलाई पठाएकी हुन् । सांसद शर्मालाई उनको निवासबाट बिहीबार दिउँसो सीआईबीले पक्रेको हो ।