arrow

शिक्षक भर्ना परीक्षा पुन: गराइयो

logo
नारायण वली,
प्रकाशित २०८० साउन २६ शुक्रबार
butwal-school-2020.jpg

रुपन्देही । बुटवलको कान्ति माध्यमिक विद्यालयमा शिक्षक भर्ना प्रक्रिया विवादित बनेपछि शुक्रवार (आज) पुन: परीक्षा गरिएको छ। यसअघि गरिएको प्राथमिक विद्यालयका लागि एक जना र निम्न माध्यमिक विद्यालयका लागि एक जना शिक्षक छनौट परीक्षामा परीक्षा शुरु भएको समयमा प्रश्न पत्र एकाएक खोसेर आधा घण्टापछि थप दुई वटा प्रश्नहरु थपी परीक्षा गराएपछि विवादित बनेको थियो । 

गत असार १७ गते विद्यालयले एक सूचना जारी गर्दै आधारभूत कक्षा १-५ अङ्ग्रेजी विषय र कक्षा ६-८ सम्म सामाजिक विषयका लागि शिक्षक आवश्यक परेको भन्दै निवेदन दिने अन्तिम मिति असार २४ गतेसम्म समय सीमा खुल्ला गरेकोमा २७ जनाले आवेदन दिएको र गत असार २५ गते परीक्षा गराईएको थियो । 

तर विवाद भएपछि एक हप्ता पछाडि सारेर फेरी परीक्षा गराइएको बिषयलाई साउन १९ गते हाम्राकुरा डटकमले "बुटवलको कान्ति मावीमा शिक्षक भर्नामा अनियमितता भएको आरोप" शिर्षकमा समाचार प्रकाशित गरेको थियो।

सो समाचारपछि तत्काल विद्यालय व्यवस्थापन समितिको बैठकबसी पहिले भएको परीक्षा खारेज गरि पुन: परीक्षा गराउने निर्णय गरिएको थियो । 

सोही अनुसार विद्यालयले शिक्षक भर्नाको परीक्षा पुन: गराएको हो । बुटवल उपमहानगरको दुईजना प्रतिनिधिको रोहवरमा परीक्षा गराइएको उपमहानगरले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ