arrow

गुजरातमा दुर्घटनाः १० जनाको मृत्यु, १३ घाइते 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २७ शनिबार
accident-final-1618290232.jpg

नयाँ दिल्ली । भारतको पश्चिमी गुजरात राज्यमा शुक्रबार भएको सडक दुर्घटनामा तीन बालबालिका र पाँच महिलासहित १० जनाको मृत्यु  भएको छ ।  

साथै अन्य १३ जना घाइते भएको स्थानीय प्रहरी अधिकारीले बताएका छन् । राज्यको अहमदाबाद जिल्लाको बाभला(बगोदरा राजमार्गमा यात्रुवाहाक गाडी  रोकी राखेको ट्रकसँग ठोक्किएपछि  सो दुर्घटना भएको हो।

पीडितहरू नजिकैको जिल्लामा धार्मिक कार्यक्रममा सहभागी भई फर्कने क्रममा दुर्घटनामा परेका थिए। घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले  सो दुर्घटनामा ज्यान गुमाउनेप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले प्रत्येक मृतकका आफन्तलाई दुई लाख भारतीय रुपैयाँ र प्रत्येक घाइतेलाई ५०  हजार भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ