arrow

गोरखामा भेटियो अजिङ्गर, चितवन पुर्‍याइयो

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २८ आइतबार
ajingar.jpg

 गोरखा ।  गोरखाको गण्डकी गाउँपालिका–६, भुम्लिचोकस्थित पल्लोटारमा फेला परेको अजिङ्गर शनिबार चितवनमा लगेर सुरक्षित बासस्थानमा छोडिएको छ । सब–डिभिजन वन कार्यालय सिउरेनीटारका प्रमुख वन अधिकृत रविआनन्द गोपाली सहितको वन कार्यालयका कर्मचारीको टोली चितवनस्थित राष्ट्रिय प्राकृतिक संरक्षण कोषमा लगेर छोडेको हो ।

फेला पारिएको क्षेत्रमा सुरक्षित बासस्थान नभेटिएपछि चितवनमा लगेर सुरक्षित बासस्थानमा छोडिएको वन अधिकृत गोपालीले जानकारी दिए । गण्डकी गाउँपालिकाको भुम्लिचोक र चितवनको इच्छाकामना गाउँपालिका फिस्लिङ जोड्ने नयाँ बनेको मोटरेबल पुल नजिकै शुक्रबार गोरखा तर्फको कच्ची सडकमा अजिङ्गर फेला परेको थियो ।

तीनवटा घिस्रने जनावर मध्येमा उद्धार गरिएको अजिङ्गर एक प्रजातिको भएको  वनअधिकृत गोपालीले बताए ।  अजिङ्गर संरक्षित प्रजतिको घस्रने जनावरअन्तर्गत हो ।  अजिङ्गरलाई उद्धार गरी गएराति भने सब–डिभिजन कार्यालय सिउरेनीटारमा नै राखिएको थियो ।

फेला परेको अजिङ्गर रैथाने हो वा बाढीले बगाएर ल्याएको भन्ने बारेमा यकिन गर्न कठिन भएको उनले बताए । वन अधिकृत गोपाली र वनरक्षक अम्बिका शर्माले लौरो र बोराको सहायताले फेला परेको अजिङ्गरको उद्धार गरेका हुन् । स्थानीयवासीले पहिलो पटक आफूले त्यस क्षेत्रमा अजिङ्गर फेला परेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ