arrow

गोरखा १ मा दुई दिनपछि मतगणना शुरू

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
election-nirbachan-nepal-2082-hamrakura.jpg

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा आजदेखि मतगणना सुरु भएको छ। भौगोलिक विकटता र दुर्गम क्षेत्रका मतपेटिका संकलनमा ढिलाइ भएका कारण मतदान सम्पन्न भएको दुई दिनपछि मात्रै गणना थालिएको हो।

जिल्ला समन्वय समितिमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज मध्याह्न १२:३० बजेबाट मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिएका छन्।

उत्तरी गोरखाका विकट मतदान केन्द्रहरूबाट हेलिकोप्टरमार्फत मतपेटिका ल्याउनुपर्ने र मौसम खराबीले ढिलाइ भएपछि गणना प्रक्रिया पछि धकेलिएको थियो। मतगणना स्थलमा सुरक्षालाई मध्यनजर गर्दै तारजालीसहितको विशेष व्यवस्था मिलाइएको छ। यस क्षेत्रमा एक स्वतन्त्रसहित विभिन्न राजनीतिक दलका १२ जना उम्मेदवार चुनावी मैदानमा छन्। गोरखा १ मा मुख्य गरी नेपाली कांग्रेसका प्रेमकुमार खत्री, नेकपा (एमाले) का रामचन्द्र लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुधन गुरुङबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ