arrow

अल नासरलाई च्याम्पियन बनाए रोनाल्डोले 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २८ आइतबार
ronaldo-2023-08-12.jpg

काठमाडौँ । कप्तान क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतमा अल नासर अरब क्लब च्याम्पियन्स कपको उपाधि जितेको छ । 

फाइनलमा अल नासरले अल हिलाललाई २–१ गोलअन्तरले पराजित गरेको हो । नासरका लागि दुवै गोल रोनाल्डोले गर्दा हिलालका लागि माइकलले गोल गरे । 

किङ पाद स्टेडियम साउदीमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलको ५१ औँ मिनेटमा माइकलको गोलबाट अल नासर खेलमा पछि परेको थियो ।

१० खेलाडीमा समेटिएको अल नासरका लागि ७४ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । 

त्यसपछि निर्धारित समयमा थप गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा लम्बियो ।

९८ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै अल नासरलाई २–१ को जितसहित च्याम्पियन बनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ