arrow

गठबन्धनमा कुरा नमिलेपछि प्रधानमन्त्रीद्वारा राजीनामाको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३० मंगलबार
latvia-pm.JPG

काठमाडौं ।  लातभियाका प्रधानमन्त्री क्रिसजानिस करिन्सले सोमबार गठबन्धन साझेदारहरूसँगको मतभेदबीच राजीनामा दिने घोषणा गरेका छन् ।

उनले केन्द्रवादी युनाइटेड लिस्ट र कन्जरभेटिभ नेशनल एलायन्सलाई सरकारको कार्यसम्पादन सुधार गर्ने प्रयासलाई असफल बनाएको आरोप लगाएका छन् ।

नयाँ सरकारको आवश्यकता रहेको बताउँदै करिन्सले पत्रकार सम्मेलनमा राष्ट्रपति एडगर्स रिन्केभिक्सलाई आफ्नो राजीनामा बिहीबार बुझाउने उल्लेख गरेका छन् । साथै उनले आफूले प्रधानमन्त्रीको रूपमा पुनः नियुक्ति नचाहेको बताएका छन् ।

गत हप्ता उनले दुई विपक्षी दलहरू - केन्द्र-वाम प्रगतिशील र केन्द्रवादी ग्रीन्स एन्ड फार्मर्ससँग नयाँ मन्त्रिपरिषद् गठनका लागि परामर्श सुरु गर्ने घोषणा गरेपछि यो कदम आएको हो । 

पूर्व अर्थमन्त्रीसमेत रहेका उनी गठबन्धन निर्माण गरी पाँच-दलीय गठबन्धनको नेतृत्व गर्ने एक साझा उम्मेदवारको रूपमा देशको प्रधानमन्त्री बनेका थिए ।

 गत वर्षको संसदीय निर्वाचनमा न्यू युनिटीले जीत हासिल गरेपछि करिन्सले झिनो बहुमतका साथ तीन दलको सरकार बनाउन सफल भएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ