arrow

५२ किलोको बहुमूल्य रत्नपत्थर गोरखा दरबारमै राख्ने मन्त्रिपरिषद्को निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३१ बुधबार
dhunga-gorkha.jpg

काठमाडौँ । गोरखामा रहेको बहुमूल्य ‘स्टोन’ (क्वार्ज क्रिष्टल) गोरखा दरबारमै राख्ने निर्णय भएको छ । 

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले बहुमूल्य रत्नपत्थर (क्वार्ज क्रिष्टल) गोरखा दरबारमै राख्ने निर्णय गरेको हो । 

गएको असार १४ गते प्रहरीले उक्त टल्कने ढुङ्गा सतिपिपलस्थित स्थानीयवासी राममाया शाहीको घरबाट बरामद गरेको थियो । टल्कने ढुङ्गा वर्षौँदेखि शाही परिवारले घरमा राखेर पूजा गर्दै आएका थिए ।

 गोरखा नगरपालिका–७, सतिपिपलबाट बरामद गरी विशेष सुरक्षाका साथ जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । निर्णयसँगै अब  गोरखा दरबारमा राखिनेछ । 

उक्त ढुङ्गाको तौल ५२ किलो तीन सय ३० ग्राम रहेको पाइएको छ । टल्कने ढुङ्गा ऐतिहासिक महत्वको भएको हुनसक्ने भन्दै गोरखा दरबार परिसरमा प्रणप्रतिष्ठा गरी व्यवस्थापन गर्नुपर्नेमा स्थानीयले माग गरेका थिए ।

त्यस्तै मन्त्रिपरिषद्ले भू उपयोग नियमावली पास गरेको छ । जग्गा कित्ताकाटबारे जनताले भोग्नुपरेको झमेला अबका दिनदेखि समाधान हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ