arrow

पचास हजार बढी परिवार खडेरीको चपेटामा

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३२ बिहिबार
srilanka-flag.jpg
तस्बिर – फाइल ।

कोलम्बो । पचास हजारभन्दा बढी श्रीलङ्काली परिवार खडेरीको चपेटामा परेका छन् । श्रीलङ्काका नौ प्रान्तमध्ये आठ प्रान्तका ५० हजारभन्दा बढी परिवार खडेरीको चपेटामा परेका विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले  जनाएको छ । 

डीएमसीले आज सार्वजनिक गरेको  आफ्नो पछिल्लो प्रतिवेदनमा सुक्खा मौसमका कारण खानेपानीको अभावमा एक लाख ८० हजारभन्दा बढी प्रभावित भएका उल्लेख गरिएको छ । सुक्खाबाट उत्तरी र पूर्वी प्रदेश सबैभन्दा बढी प्रभावित भएका छन् ।

यसअघि कृषिमन्त्री महिन्दा अमरवीराले खडेरीका कारण ३७ हजार एकड धान खेती नष्ट भएको बताएका थिए । कृषकलाई क्षतिपूर्ति दिनुपर्ने भन्दै कृषि अधिकारीहरूले क्षतिको मूल्याङ्कन गरिरहेका छन् ।

 श्रीलङ्काको मौसम विज्ञान विभागका अनुसार दक्षिणपश्चिम मनसुन असफलताका कारण सुक्खा मौसम सेप्टेम्बरको अन्त्यसम्म जारी रहनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ