arrow

सरकार तस्करको ध्येयका लागि अगाडि बढिरहेको छ: बर्तौला

logo
नारायण वली,
प्रकाशित २०८० भदौ २ शनिबार
mahesh-bartaula-2080-05-02.jpg

रुपन्देही । नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले सरकार तस्करको ध्येयका लागि अगाडि बढिरहेको आरोप लगाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासनलाई स्थापित गर्न आफू कटिबद्ध रुपमा लागेको बताउँदै आए पनि स्टण्डबाजीका रुपमा अघि बढ्दै आएको उल्लेख गरे ।

प्रेस चौतारी नेपाल रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता बर्तौलाले भन्सार विभागका कर्मचारीले बताए अनुसार १० दिन अगाडि नै ठूलो मात्रामा सुन आउँदै  छ भनेर जानकारी आएको थियो ।

उनले त्यो कुरा प्रधानमन्त्रीलाईसमेत थाहा हुन्छ भने गृहमन्त्री मातहतको सुरक्षालाई जानकारी हुँदैन भनेर कसरी विश्वास गर्नु भन्दै सडकसम्म आएको तस्करी क्विन्टलका क्विन्टल सुन समातिन्छ । यसमा आफूहरुलाई आशंका पैदा भएको बताए ।

उनले इलेक्ट्रिक सिगरेटमा आएको ९ किलो सुनलाई बरामद गरी कोठाभित्र राखिएको सुन गायब हुनुलाई सरकारले किन खोजबिन र छानबिन गर्न ध्यान नदिनु सरकारको नियत स्पष्ट भएको जनाए । 

त्यसैले नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने आवाज संसदमा उठाउँदै आएकोमा सरकारले त्यसमा कुनै चासो नदिनु कहिँ न कहिँ संलग्नता भएको शंका उत्पन्न भएको उल्लेख गरे । 

सांसद बर्तौलाले वर्तमान सरकारका कार्यकारी प्रमुख प्रचण्डले प्रतिपक्ष दलहरुलाई दायाँबायाँ गराउने काम गरे मसँग धेरै विषयहरु छन् भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई तर्साउँदै आएको जनाए ।

सुन तेस्रो मुलुकबाट आउँछ, फेरि तेस्रो मुलुक जान्छ यसमा अन्तर्राष्ट्रिय बलियो राजनीतिक सेटिङ भएको जिकिर गर्दै यो समस्या "माईतीघर मण्डला, बानेश्वर र रत्नपार्कबाट नभई सम्मानित संसदमा उभिएर जवाफदेही हुनुपर्ने बताए ।

उनले भने, 'हामीले सरकार सँग उचित जवाफ मागिरहेका छौं, तर यो गठबन्धन सरकारले प्रतिपक्षलाई आरोप लगाउँदै भन्छ, कि प्रतिपक्षले गलत फण्डा ल्यायो ।'

उनले आक्रोश पोख्दै भने, 'उपेन्द्र यादवले जब सरकारका बारेमा आवाज उठाउनुभयो तब सरकारले गौर हत्याकाण्ड घटनाको फाइल खोल्ने स्टण्ड ल्याइयो । फेरि अहिले सरकारले उपेन्द्र यादवले आत्मसमर्पण गर्नुभयो भनेर भनियो । के यही हो सुशासन कायम गर्ने अनुसन्धान ? छानविन ?'

उनले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गर्दै यदि सरकार टिकाउने स्टण्डलाई लिएर अगाडि बढ्दै गए कडा खबरदारी गर्ने चेतावनी दिए ।

सम्मेलनमा पत्रकारहरुले सोधेको जिज्ञासामा संसद ठीक ढंगले नचलेको, सरकारले विजनेश नदिएसम्म संसद बैठक एक मिनेट पनि चल्न नसक्ने स्पष्ट पार्दै सरकारमा सहभागी सम्पूर्ण मन्त्रीहरु उपस्थिति नहुँदासम्म बैठक अपूरो हुने बताए । सरकार र सरकारका मन्त्रीहरुमा जवाफदेहीता नभएको कारण संसद चल्न नसकेको उनले बताए । 
  
प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलको अध्यक्षतामा प्रेस सम्मेलनमा बोल्दै सतेचकले बर्तौलाले यो सरकार जति लम्बिन्छ त्यतिनै राष्ट्रलाई ठूलो घातक हुने दाबी गरे ।

साथे उनले एमालेका कारण संसद रोकिएको नभइ सरकारकै कारण अवरुद्ध हुँदै आएको भन्दै यद्यपि सरकारले जबसम्म उच्चस्तरीय छानबिन समिति बनाउँदैन तबसम्म यो आवाज र माग उठाइरहने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ