arrow

बेँशीशहर-चामे सडक सञ्चालन

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २ शनिबार
manang-pahiro-2080-04-28.jpg
तस्बिर-फाइल

लमजुङ । पहिरोका कारण अवरुद्ध मनाङ र लमजुङ जोड्ने बेँशीशहर-चामे सडक पुनःसञ्चालनमा आएको छ । 

मनाङको नासों गाउँपालिका-१ तालडाँडामा पहिरो हटाएसँगै उक्त सडक पुनः सञ्चालनमा आएको हो । 

डुम्रे बेँशीशहर चामे सडक योजना कार्यालयका सूचना अधिकारी एवं इञ्जिनियर पुरुषोत्तम अधिकारीले भने, “केही दिनअघिको वर्षाका कारण जमीन गलेर पहिरो आएको थियो । ढुङ्गामाटो हटाएर सडक पुनःसञ्चालनमा ल्याएका छौँ ।” 

सञ्चालनमा आए पनि उक्त सडकखण्डमा यात्रा जोमिखपूर्ण बन्दै गएको छ । जीर्ण सडकमा दैनिकजसो ठाउँठाउँमा पहिरो जानेक्रम रोकिएको छैन ।  

कार्यालयका इन्जिनियर सुमन अधिकारीका अनुसार मनाङलाई सडक सञ्जालसित जोड्न २०५१ सालमा सडक डिभिजन कार्यालय दमौली, तनहुँले सडक निमार्ण थालेको थियो । 

बीचमा निर्माणको काम रोकिएको थियो । 

विसं २०५७ देखि सेनाले सडक निर्माणको जिम्मा पाएको थियो । 

सेनाको कार्यगणले २०६९ सालमा सडक निर्माण सम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरिएको हो । 

झण्डै ६५ किमी दूरी रहेको उक्त सडकमध्ये ३५ किमी लमजुङतर्फ र ३० किमी मनाङतर्फ पर्दछ ।



नयाँ