arrow

बुटवलको मुटु अस्पतालको आईसीयू कक्षमा आगलागी

ठूलो क्षतिबाट जोगियो

logo
नारायण वली,
प्रकाशित २०८० भदौ ३ आइतबार
hospital-fire.jpg

रुपन्देही । बुटवलको रामनगर स्थित रहेको मुटु अस्पतालको आईसीयू कक्षमा आगो लागेको छ । बल्ब पट्किएर लागेको आगोले अस्पतालको कुर्सी जलेको स्रोतले बताएको छ । 

स्रोतले भन्यो, आगो लागेपछि निभाउने अस्पतालमा कुनै फायर ग्याँस नभएकाले पछि कर्मचारीहरूले आगोले जल्दै गरेका कुर्सीहरूलाई बाहिर ल्याएर निभाएको बताउँदै एकछिन भित्र धुवाँले नै भरियो । केही नदेखिने भएको थियो ।

आकस्मिक सास फेर्ने गाह्रो भएका बिरामीहरू शनिवार आईसीयू कक्षमा नभएकाले मानवीय क्षति भने हुनबाट बचेको बताइएको छ । यता यस विषयमा अस्पताल प्रशासन शाखा र अस्पतालका अध्यक्ष एजाज आलमलाई सम्पर्क हुन सकेन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ