arrow

संसद छिटो भन्दा छिटो चल्नुपर्छ  : शेखर कोइराला [भिडियो]

सरकार र प्रतिपक्ष दुवै दोषी

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ३ आइतबार
shekhar-koirala-samsad.jpg

काठमाडौं ।  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसद छिटो भन्दा छिटो चल्नुपर्ने बताएका छन् । आइतबार सङ्घीय संसद भवन परिसरमा उनले संसद तत्काल सुचारु गराउनुपर्ने बताएका हुन्  । 

नेता कोइरालाले भने, ‘संसद छिटो भन्दा छिटो चल्नुपर्छ । अब पर्सी बैठक बोलाइएको छ । हेरौँ, के गर्नुहुन्छ ? यो एमाले, माओवादी र कांग्रेसको कुरै होइन । यो नेशनको कुरा हो । देशको कुरा हो । राष्ट्रको कुरा हो । संसद चल्नुपर्छ ।'

उनले संसद बैठक चल्न नदिन सरकार र प्रतिपक्ष दुवै दोषी रहेको समेत बताए उनले संसदीय व्यवस्थामा प्रतिपक्षले सरकारलाई गाली गर्ने र सरकारले प्रतिपक्षले काम गर्न दिएन भन्ने दोहोर्‍याए कुरा स्वाभाविक भए पनि संसद बैठक भने सुचारु गराउनुपर्ने बताए ।

उनले भने,' संसदीय व्यवस्थामा प्रतिपक्षले सत्तापक्षलाई एट्याक गर्ने, गाली गर्ने । अनि, सत्तापक्षले पनि भन्ने–प्रतिपक्षले गर्न दिएन भनेर । चल्न दिएन भन्ने । तर म के भन्दै छु भने–हामी दुइटै दोषी हौँ भन्दै छु । यो सरकारले गर्ने काम हो । प्रतिपक्षले गर्ने काम हो । यो नेपाली कांग्रेस, एमाले, राप्रपा वा कुनै पार्टीको कुरा होइन नी । ’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ