arrow

प्रस्तावित प्रधानन्यायाधीशका कार्ययोजनाः पारिवारिक विवाद हेर्न छुट्टै अदालत

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ४ सोमबार
bishwambharprasad-shrestha-2080-05-04.jpg

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ भइरहेको छ । संसदीय सुनुवाइ समितिमा भएको सुनुवाइका क्रममा उनले पारिवारिक विवाद हेर्ने छुट्टै इजलास वा अदालत गठन गर्नुपर्ने बताएका छन् । 

अदालतमा मुद्दाको बोझ बढेको जानकारी दिँदै उनले पारिवारिक विवाद, सम्बन्ध विच्छेद, अंश, मानाचामल, घरेलु हिंसा लगायतका विवाद हेर्न छुट्टै अदालत वा इजलास बनाउनुपर्ने र महिलालाई कोर्ट शुल्क नलिने आफ्नो योजना सुनाए । 

सो क्रममा उनले फैसला कार्यान्वयन विशेष योजना प्रस्तुत गरेका छन् । संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशका लागि सिफारिस भएका श्रेष्ठले संसदीय सुनुवाइ समितिमा लिखित कार्यायोजना प्रस्तुत गरेका हुन् ।

फैसला कार्यान्वयन नभएका ठाउँमा सार्वजनिक सूचना जारी गर्ने, त्यसको पालना नगर्नेलाई सार्वजनिक रूपमा जवाफदेही बनाउने र बढी फैसला कार्यान्वयन नभएका जिल्लामा नेपाल प्रहरीसहितको परिचालनबाट कार्यान्वयन अभियान सञ्चालन गर्ने उनको कार्ययोजनामा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ