arrow

चीनबाट फर्किए उपराष्ट्रपति यादव

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ४ सोमबार
ramsahayaprasad-yadav-2080-05-04.jpg

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव जनवादी गणतन्त्र चीनको भ्रमण सम्पन्न गरी आज स्वदेश फर्केका छन् ।

‘सातौँ चीन दक्षिण एसिया प्रदर्शनी’ र ‘२७औँ चीन कुनमिङ आयात निर्यात मेला’ मा सहभागी हुन उनी गत साउन २९ गते त्यसतर्फ प्रस्थान गरेका हुन् । उनले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रर्दशनी तथा मेलामा सहभागिता जनाएका थिए । 

उपराष्ट्रपति यादवका साथमा धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, निजी चिकित्सक शिवाजी विक्रम सिलवाल, स्वकीय उपसचिव शत्रुधन यादव, सेनानी रत्नबहादुर श्रेष्ठ र सहसेनानी भीमसेन देवकोटा सहभागी थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ