- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मुग्लिन । पहिरोका कारण अवरुद्ध नरायणगढ –मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ ।
दिउँसो मात्रै पहिरो पन्छ्याएर उक्त सडक दुईतर्फी सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनियर चण्डेश्वर साहले जानकारी दिए ।
चितवनको ईच्छाकामना– ६ नाम्सीखोला पुलमा गए राति ८ बजे पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको थियो । पहिरो हटाएसँगैँ सवारी साधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।
पहिरोका कारण नरायणगढ –मुग्लिन सडकखण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ ।