तुइन खोलामा अझै पनि पहिरो र ढुङ्गा खस्ने जोखिम कायमै
हाम्रा कुरा
प्रकाशित २०८३ असार ४ बिहिबार
310
Shares
काठमाडौँ । नारायणगढ–मुग्लिन सडक खण्डमा दुईतर्फी रूपमा यातायात सेवा पुनः सञ्चालनमा आएको छ। बुधबार राति ९ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलामा पहिरो खसेपछि यो ब्यस्त सडक खण्ड पूर्ण रूपमा अवरुद्ध हुन पुगेको थियो।
सडक डिभिजन कार्यालय भरतपुरका सडक सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार सडकमा जम्मा भएको पहिरो पन्छाएपछि अहिले यातायात सेवा दुईतर्फी रूपमै सुचारु गरिएको हो।
सडक खुलेर गाडीहरू आवतजावत गरिरहेका भए पनि नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला क्षेत्रमा अझै पनि लगातार पहिरो जाने र ढुङ्गा खसिरहने समस्या छ। यसले गर्दा उक्त मार्ग हुँदै आवतजावत गर्ने यात्रुहरू निकै जोखिम मोलेर यात्रा गर्न बाध्य छन्