arrow

सबै प्रदेशमा वर्षा

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ६ बुधबार
weather-evergreen-rain.jpg

काठमाडौं ।  हाल देशभर हल्का देखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर वर्षा भइरहेको छ । 
 
आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  भने राती कोशी, मधेस, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कर्णालीका पहाडी भागमा पनि वर्षा भइरहेको छ । 

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ