arrow

हवाई डढेलोमा परी एघार सय बेपत्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ६ बुधबार
jungle-fire-usa-hawai.jpg
तस्बिर – फाइल ।

लस एन्जलस । संयुक्त राज्य अमेरिकाको हवाई राज्यको माउई जङ्गलमा लागेको डढेलो मानव बसोबास भएका स्थानमा फैलँदा त्यसमा परेर ज्यान गुमाउनेको सङ्ख्या एक सय १५ पुगेको छ भने एक हजार एक सय जना अझै बेपत्ता भएका छन् । 

भीषण डढेलो लागेको दुई हप्तापछि पनि अझै एक हजार एक सय सर्वसाधारण  बेपत्ता भएका सङ्घीय जाँच ब्युरो (एफबीआई) ले जनाएको छ । एफबीआईले मृतकका अवशेषहरू पहिचान गर्न परिवारका सदस्यहरूलाई सघाउन अनुरोध गरेको छ ।

एफबीआईले सूचना तथा जानकारी सङ्कलनका निम्ति २४ घण्टा सञ्चालन हुने टेलिफोन सेवा शुरु गरिएको जनाउँदै पीडित परिवार एवं अन्यलाई आफूसँग भएका विवरणबारे अवगत गराउन आग्रह गरेको छ । 

प्रचण्ड गर्मीमा ठूलो विपत्ति बनेर आउने वन डढेलो टापुराज्य हवाईका निम्ति अभिषाप बनेको छ । 

दशकौँपछि भएको यो प्राकृतिक विपत्तिमा सुनामीमा भन्दा धेरैले ज्यान गुमाएका छन् । सन् १९६० को सुनामीमा ६१ जनाको मृत्यु भएको थियो भने त्यसको १४ वर्षअघिको सुनामीमा भने एक सय ६० जनाको मृत्यु भएको थियो । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ