arrow

भारतले चन्द्रयान सफल अवतरण गरेपछि देउवा र ओलीको बधाई

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ७ बिहिबार
deuba-oli-parliament.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र  नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले  भारतको चन्द्रयान–३ चन्द्रमामा अवतरण गर्न सफल भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यहाँका जनतालाई बधाई दिएका छन् । सभापति देउवाले र अध्यक्ष  ओलीले चन्द्रयान–३ चन्द्रमामा अवतरण गराउन सफल भएलगत्तै सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।

सभापति देउवाले भनेका छन्, “चन्द्रयान–३ को सफल अवतरणका लागि प्रधानमन्त्री मोदी र भारतका जनतालाई बधाई ! अन्तरिक्ष क्षेत्रमा भारतले गरेको यो उल्लेखनीय प्रगति हो । हामी इसोराका वैज्ञानिकको उत्कृष्ट कामको प्रशंसा गर्दछौँ ।” 

“आज भारतको चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेको छ, यस मिसनको सफलताका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी, वैज्ञानिक र भारतवासी सबैलाई बधाई । पूर्वीय ज्ञानले विज्ञानका क्षेत्रमा महत्त्वपूर्ण सफलता हासिल गरेको छ, हामी पनि खुसी छौँ”, ओलीले भनेका छन् ।

भारतले अन्तरिक्षमा पठाएको मानवरहित यान बुधबार साँझ ६ बजे चन्द्रमामा अवतरण गरेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ