arrow

तीर्थयात्री बोकेको बस चुरियामाईमा दुर्घटना, सातजनाको मृत्यु, १७ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ७ बिहिबार
accident-2080-05-06a.jpg

बारा । बारामा तीर्थयात्री बोकेको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ । तीन जनाको घटनास्थलमा तथा चार जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । 

काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान २ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई नजिक दुर्घटना भएको हो । 

मृत्यु हुनेमा महोत्तरीको लोहारपट्टीका ४१ वर्षीय विजयलाल पण्डित तथा भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह र ६५ वर्षीया मीरादेवी सिंह रहेका डिएसपी न्यौपानेले बताए । बाँकी चार जनाको सनाखत हुन बाँकी छ । 

दुर्घटनामा तीन नेपाली तथा १४ भारतीय नागरिक घाइते भएका छन् । उनीहरु पशुपतिनाथको दर्शन गरी फर्किदै थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ