arrow

रुसी विद्रोही बाग्नर प्रमुखको निजी विमान दुर्घटनामा मृत्यु, पुटिन हेर्दै थिए सांस्कृतिक कार्यक्रम

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ७ बिहिबार
yovageni-prigojin-russian-revolt.jpg

मास्को । रुसको राजधानी मास्कोको उत्तरमा वाग्नर प्रमुख येवगेनी प्रिगोजिनसहित एउटा निजी विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।रुसी उड्डयन एजेन्सीले दुर्घटनाग्रस्त विमानमा वाग्नर प्रमुख सवार रहेको पुष्टि गरेको छ । एजेन्सीका अनुसार वाग्नर चीफ प्रिगोजिन दुर्घटनाग्रस्त विमानमा सवार थिए र दुर्घटनामा कुनै यात्रु बाँचेनन् । 

यसअघि सञ्चारमाध्यमहरूले दुर्घटनाग्रस्त विमानमा सवार यात्रुहरूको सूचीमा वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनको नाम पनि समावेश भएको दाबी गरेका थिए । मास्कोबाट सेन्ट पिटर्सबर्ग जाँदै गरेको विमानमा सात जना यात्रु र तीन जना चालक दलका सदस्य रहेको मिडिया रिपोर्टले जनाएको छ ।

रुसको सरकारी समाचार एजेन्सी टासले अधिकारीहरूलाई उद्धृत गर्दै विमानमा तीन पाइलट र सात यात्रु रहेको बताएको छ। दुर्घटनाको अनुसन्धान भइरहेको छ । 

उही समयमा सोशल मिडिया टेलिग्राममा अपुष्ट रिपोर्टहरूले विमानलाई रूसी वायु रक्षा बलले खसालेको दाबी गरिरहेको छ ।

के गर्दै थिए पुटिन ?
वाग्नरका नेता येभगेनी प्रिगोजिनको मृत्यु हुदाँ रुसी राष्ट्रपति भ्लादिमर पुटिन भने एक सांस्कृति कार्यक्रममा थिए । 

प्रिगोजिन भएको अनुमान गरिएको विमान दुर्घटनाको खबर बाहिर आएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नाजी जर्मनीमाथि सोभियत युद्धको विजयको ८० औं वर्षगाँठको अवसरमा कुर्स्कमा आयोजित कार्यक्रममा बोल्दै थिए ।

१९४३ मा भएको युद्धलाई इतिहासको सबैभन्दा ठूलो ट्याङ्क युद्ध मानिन्छ ।

पुटिनले विमान दुर्घटनाको उल्लेख गरेनन् तर उनले युक्रेनमा ‘बहादुर र दृढतापूर्वक लडिरहेका’ रूसी सैनिकहरूलाई श्रद्धाञ्जली अर्पण गरे ।

अघिल्लो दिन पुटिनले दक्षिण अफ्रिकामा ब्रिक्स शिखर सम्मेलनमा भाग लिएका थिए, जहाँ उनले युक्रेनमा युद्ध समाप्त गर्न प्रतिबद्ध रहेको बताएका थिए, जसको लागि उनले पश्चिमी राष्ट्रलाई दोष दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ