arrow

पुटिनका विरोधीहरू हराँउदै, प्रोगोजिनको मृत्युबारे पश्चिमाको शङ्का

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ८ शुक्रबार
putin-drive.jpg

काठमाडौं ।  केही पश्चिमा नेताहरूले यो दुर्घटना दुर्घटना हो कि होइन भनी प्रश्न उठाएका छन्।  

 दुर्घटनाग्रस्त एम्ब्रेर लिगेसी जेटमा रहेका वाग्नर प्रमुख येवगेनी प्रिगोजिनसहित सबै १० यात्रुको शव फेला परेको रूसी आपतकालीन सेवाले  जनाइसकेको छ । 

अमेरिकी राष्ट्रपति जो बाइडनले भने, “के भयो भन्ने आफूलाई थाहा नभएको तर रूसमा भएको उक्त घटनामा पुटिनलाई जानकारी भएको हुनुपर्छ ।” 

फ्रान्सले दुर्घटनाको बारेमा ‘पर्याप्त शङ्का“ व्यक्त गरेको छ भने जर्मनीले रूसमा ‘अपुष्ट’ मृत्युको ढाँचा पछ्याइएको बताएको छ । 

जर्मनीकी विदेशमन्त्री एनालेना बेयरबोकले ‘पुटिनका एक अपमानित पूर्व विश्वासपात्र अचानक विद्रोहको प्रयास गरेको दुई महिनापछि आकाशबाट खस्नु ‘शङ्कास्पद भएको’ बताएका छन् ।

क्रेमलिन समर्थक प्रभावशाली सरकारी टेलिभिजनका अधिकारी र पुटिनकी सहयोगी मार्गारिटा सिमोन्यानले पनि दहाज दुर्घटनालगत्तै दिएको प्रतिक्रियामा यो हत्या भएको हुन सक्ने सङ्केत गर्नुभएको थियो । 

“दुर्घटनाको बारेमा चर्चा भइरहेको संस्करणहरू मध्ये यो पनि मञ्चन गरिएको घटना थियो । तर व्यक्तिगत रूपमा, म अधिक व्यक्तिले अनुमान गरे झैँ स्पष्ट एकातिर झुकाव गर्दैछु,” उनले सामाजिक सञ्जालमा भनेका छन् । 

पुटिनको लामो शासनकालमा पुटिनका विरोधीहरू रहस्यमय परिस्थितिमा हराएका छन् । 

रूसको उड्डयन प्राधिकरणले एम्ब्रेयर निजी जेटमा सवार व्यक्तिहरूको नाम बुधबार अबेर सार्वजनिक गरेको थियो ।  

जहाज दुर्घटनामा प्रिगोजिन र उनका नजिकका सहयोगी जसले प्रोगोजिनलाई पर्दा पछाडिबाट सहयोग गरेका दिमित्री उत्किन पनि परेका बताइएको छ । उत्किनले वाग्नरको अपरेसनको व्यवस्थापन गरेको विश्वास गरिन्छ । उत्किन रूसी सैन्य गुप्तचरमा सेवामा पनि जागिरे रहेको र युद्धमा प्रोगोजिनलाई पनि सघाएको थियो भन्ने चर्चाहरू पनि रूस र छिमेकी मुलुकका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । 

मस्कोबाट करिब ३५० किलोमिटर उत्तरमा रहेको कुझेनकिनो गाउँ नजिकै रूसी प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ