arrow

पाकिस्तानद्वारा रुसी कच्चा तेलको आयातमा रोक

logo
एजेन्सी,
प्रकाशित २०८० भदौ ८ शुक्रबार
rusia-crud-pakistan.jpg
तस्बिर : फाइल

इस्लामावाद । पाकिस्तानी ऊर्जा क्षेत्रका स्रोतका अनुसार रिफाइनिङ प्रक्रियामा पेट्रोलभन्दा फर्नेस आयल बढी उत्पादन भएपछि रुसबाट कच्चा तेलको आयातमा रोक लगाएको छ।

पाकिस्तानले रूसी तेलको सही मूल्य र त्यसको आगमनलाई सधैँ गोप्य राखेको हुँदा यो मुद्दाले राजनीतिक र कूटनीतिक महत्त्व भएको रिपोर्टले जनाएको छ।

पूर्व राज्यमन्त्री मुसादिक मलिकको आग्रहका बाबजुद पाकिस्तान रिफाइनरीले तत्कालका लागि सबै रुसी तेल प्रशोधन गर्न छोडेको छ।

द न्युज इन्टरनेशनलका अनुसार पाकिस्तान रिफाइनरीले अरबियन कच्चा तेलको तुलनामा २० प्रतिशत बढी फर्नेस आयलमा कम पेट्रोल उत्पादन भइरहेकोले थप रुसी तेल प्रशोधन गर्न अस्वीकार गरेको दाबी गरेको छ ।

जुन ११ र २६ मा रुसबाट कच्चा तेलका दुई वटा जहाज मात्रै कराँची बन्दरगाहमा आइपुगेपछि रुसी तेलको जहाज पाकिस्तान नआएको स्पष्ट छ।

विज्ञहरूका अनुसार यदि ब्रेन्ट कच्चा तेल र अरब लाइट सी कच्चा तेलको मूल्य अझै बढ्ने र रुसी तेलको मूल्य नबढेको अवस्थामा मात्र रुसी तेल खरिद पाकिस्तानका लागि फाइदाजनक हुनसक्छ। तर यस्तो अवस्थाको सम्भावना सीमित भएको विज्ञहरूले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ