arrow

ललिता निवास प्रकरणमा संलग्न दुई सय ९० विरुद्ध मुद्दा [तस्बिरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १० आइतबार
lalita-niwas-prakaran-2080-05-10 (5).jpg

काठमाडौँ । बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा दुई सय ९० जनाविरुद्ध मुद्धा दायर भएको छ । जसमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्री, बहालवाला सचिव कृष्णबहादुर राउत, सहसचिव सुशील वैद्य, ६ पूर्वसचिवसमेत रहेका छन् । 

उनीहरुविरुद्ध आज काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको हो । अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार उनीहरूमाथि कीर्तेमा मुद्दा दायर भएको हो । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २८६ जनाविरुद्ध कीर्ते र संगठित अपराधमा मुद्दा चलाउन राय दिएकामा जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार २९० जनाविरुद्ध अभियोजन गर्ने निर्णय गरी अदालत गएको हो ।


सरकारी वकिलको कार्यालयले कीर्तेमा मात्र मुद्दा चलाएको हो । 

lalita-niwas-prakaran-2080-05-10 (5).jpg
lalita-niwas-prakaran-2080-05-10 (6).jpg
lalita-niwas-prakaran-2080-05-10 (7).jpg
lalita-niwas-prakaran-2080-05-10 (8).jpg
lalita-niwas-prakaran-2080-05-10 (1).jpg
lalita-niwas-prakaran-2080-05-10 (2).jpg
lalita-niwas-prakaran-2080-05-10 (3).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ