arrow

चार देशका हजारौँ सैन्य अभ्यासका बेला खस्यो अमेरिकी विमान

दुर्घटनामा तीन सेनाका अधिकारीको मृत्यु,

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ११ सोमबार
Osprey-plane.jpg

काठमाडौं ।  संयुक्त राज्य अमेरिकाको ओस्प्रे सैन्य विमान आइतवार युद्धअभ्यासका क्रममा अष्ट्रेलियाको उत्तरमा अवस्थित दुर्गम टापुमा दुर्घटना हुँदा तीन जना जल सेनाका अधिकारीको मृत्यु भएको छ भने पाँच जनालाई गम्भीर अवस्थामा उद्धार गरी डार्विन अस्पतालमा भर्ना गरिएको छ । 

अमेरिकी सैन्य अधिकारीहरूका अनुसार विमानमा २३ जना सैन्य कर्मचारी थिए । अष्ट्रेलियाली प्रहरी दुर्घटनास्थलमा चालक दलका सदस्य तथा बाँकी घाइतेको उद्धार गरेो छ । प्रधानमन्त्री एन्थोनी अल्बानीजले घटनाप्रति दुःख व्यक्त गरेका छन् । 

संयुक्त युद्धअभ्यासमा अमेरिका, अष्ट्रेलिया, इन्डोनेसिया र फिलिपिन्सका हजारौँ सैनिकले भाग लिएका छन् । उत्तरी अष्ट्रेलिया पछिल्ला वर्षमा अमेरिकी सेनाका लागि महत्वपूर्ण रणनीतिक स्थान बनेको छ । एशिया–प्रशान्त क्षेत्रमा चीनको सामना गर्न अमेरिकाले उक्त स्थान सैन्य अभ्यासलाई प्राथमिकता दिएको हो ।

ओस्प्रे विमानको इतिहास त्यति सुखद छैन । यो विमान समस्याग्रस्त रहेको उड्डयन क्षेत्रका जानकारहरू बताउँछन् । हेलिकप्टरको टिल्ट–रोटर र विमानको टर्बोप्रप अर्थात् दुईवटा घुम्ने इन्जिन पनि भएको र विमानका झै पखेटायुक्त द्रुत गतिमा उड्ने ओस्प्रे गत वर्ष नर्वेमा नेटो प्रशिक्षण अभ्यासका क्रममा दुर्घटना हुँदा जल सेनाका चार जना अमेरिकी अधिकारीले ज्यान गुमाएका थिए ।

सन् २०१७ मा अष्ट्रेलियाको उत्तरी तटीय समुद्रमा अवतरण गर्ने क्रममा तीन जना र एरिजोना राज्यमा अभ्यासको क्रममा ओस्प्रे दुर्घटना हुँदा १९ जना मरिन कप्र्सका अधिकारीको प्राणान्त भएको थियो । ओस्प्रे विमान साधारण हेलिकप्टरभन्दा द्रुत गतिमा उड्नसक्छभने सोझै विमानस्थलमा नदौडाइ सोझै उडाउन र अवतरण गर्नसकिन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ